धार्मिक समुदायका अगुवाहरूसँग रविको छलफल, संयुक्त अपिल जारी हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् ।

सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरिरहेका हुन् । सुनसरी लगायतका जिल्लामा देखिएको तनाव कम गर्न लामिछाने सक्रिय बनेका हुन् ।

छलफलपछि सबै धार्मिक समुदायका प्रतिनिधिहरूले सञ्चारमाध्यममार्फत संयुक्त अपिल जारी गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।