बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा सुरु भएको बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा समसामयिक राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।

हालै सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि सुनसरीसहित विभिन्न जिल्लामा सामाजिक सद्भाव विथोलिने खालका गतिविधि देखिन थालेपछि सरकारमाथि दबाब बढेको छ। यही परिस्थितिलाई केन्द्रमा राखेर बैठकमा सुरक्षा चुनौती, शान्ति–सुरक्षा व्यवस्थापन तथा आवश्यक रणनीतिबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने व्यवस्था छ।

बैठकका निर्णय तथा निष्कर्षबारे औपचारिक जानकारी बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।