राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन, शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संघीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको थियो ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ । त्यसअघि सभामुख अर्यालले बुधबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग पनि भेटवार्ता गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।