काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ४१० रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदी चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment