रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भरतपुर आइपुगेका छन्।

काठमाडौंबाट बुद्ध एयरको जहाजबाट उनी भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए। पत्नी सविना काफ्लै पनि सँगै थिइन्।

एयरपोर्टबाट सीधै उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन्।

जिल्ला सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह कार्यक्रम अगाडि लटौलीमा रेष्ट गरेपछि महाधिवेशन उद्घाटन स्थल आउने तयारी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।