काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार ४४५ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।
प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।

Comment