३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

सरकारले कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने उद्देश्यसहित विभिन्न वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने निर्णय गरेको जनाएको छ ।

अर्थमन्त्री वाग्लेले उद्योग–व्यवसायको लागत घटाउने, उत्पादन तथा व्यापार प्रवर्द्धन गर्ने र उपभोक्तालाई राहत दिने लक्ष्यका साथ यस्तो व्यवस्था गरिएको बताए ।

सरकारको यस निर्णयले उद्योगी, व्यवसायी तथा उपभोक्तामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।