संसद्‌मा प्लेकार्ड देखाएर साम्पाङले गरे विरोध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले विरोध जनाएको छ।

बैठक सुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका हुन्।

सोमबार पनि श्रम संस्कृति पार्टीले प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन पनि संसद् बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।