बेनेली नेपालको विशेष अफर : एसईई दिएका विद्यार्थीलाई लक्षित गर्दै स्कुटर–बाइकमा भारी छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बेनेली को आधिकारिक वितरक वैद्य ग्रुप अन्तर्गतको बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले एसईई दिएका विद्यार्थीहरूसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक छुट योजना ल्याएको जनाएको हो।

कम्पनीका अनुसार अफर अन्तर्गत ग्राहकले बेनेली पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँमा तथा बेनेली १८०S ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यससँगै ग्राहकलाई २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। उक्त सुविधाअन्तर्गत २ वर्षसम्म लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर तथा फ्युल फिल्टर निःशुल्क उपलब्ध गराइनेछ।

त्यसैगरी, ग्राहकले ५ वर्षसम्म स्पेयर पार्ट्समा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यो योजना सीमित अवधिसम्म देशभर रहेका बेनेली शोरुमहरूमा लागू हुनेछ।

बेनेली नेपालले यो योजना नेपालमै हालसम्म ल्याइएका सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री अफरमध्ये एक भएको दाबी गरेको छ। कम्पनीले युवा पुस्ता तथा दैनिक प्रयोगकर्तालाई गुणस्तरीय इटालियन ब्राण्डको अनुभव सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्री ले विशेषगरी एसईई दिएका विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै योजना ल्याइएको बताए।

उनले उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यमार्फत बेनेलीलाई अझ धेरै नेपाली ग्राहकसम्म पुर्‍याउने विश्वास व्यक्त गर्दै बिक्रीपछिको सेवामा पनि कम्पनी प्रतिबद्ध रहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।