स्वदेशी उत्पादन प्रवर्द्धनमा मन्त्री चौधरीः कार्यकक्षमै डीडीसीका दुग्धजन्य पदार्थ प्रयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि, वन तथा पर्यवरण मन्त्री गिता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्दै शनिबार आफ्नो कार्यकक्षमै डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गरेकी छन्। मन्त्री चौधरीले स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको उपभोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै डीडीसीका उत्पादन प्रयोग गरेकी हुन्।

उनले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र देशको अर्थतन्त्र मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले उपभोक्तालाई समेत स्वदेशी उत्पादनतर्फ आकर्षित हुन आग्रह गरेकी हुन्।

स्वदेशमै उत्पादन हुने दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर र विश्वसनीयताका कारण डीडीसीका उत्पादन बजारमा लोकप्रिय छ। डीडीसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिम लगायतका विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ।

संस्थानले किसानबाट दूध संकलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्‍याउने व्यवस्था मिलाउँदै आएको छ, जसले हजारौँ दुग्ध किसानलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।