प्रधानमन्त्रीको अनुपस्थितिपछि संसद् तनावग्रस्त, श्रम संस्कृति पार्टीद्वारा बैठक बहिष्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक तनावग्रस्त बनेको छ । प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टी का सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन् । उनीहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो । तर प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिन लागेपछि विपक्षी सांसदहरूले बैठकमा अवरोध गरेका हुन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै लगातार अनुपस्थित रहनु गैरजिम्मेवार भएको आरोप लगाएका छन् । केही सांसदहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

बैठकका क्रममा विपक्षी सांसदहरूले “प्रधानमन्त्री कहाँ छन् ?” भन्दै नाराबाजी गरेका थिए । संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपसमेत भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।