संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।

कार्यसूची अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने तयारी भए पनि अन्तिम समयमा जवाफ दिने जिम्मेवारी प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई दिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नीति तथा कार्यक्रममा समेटिएका आर्थिक र विकासका योजनाबारे प्रष्ट पार्न अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको हो।

विशेषगरी बजेटको पूर्वसन्ध्यामा आएको नीति तथा कार्यक्रममा सांसदले वैदेशिक ऋण, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रका विषयमा कडा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ। अर्थमन्त्री वाग्लेले सांसदका प्रश्नको बुँदागत जवाफ दिँदै आगामी आर्थिक वर्षको प्राथमिकताका बारेमा समेत सदनलाई आश्वस्त पार्ने छन्।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका नेताले सरकारको लक्ष्य स्पष्ट नभएको भन्दै आलोचना गरेका थिए।

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने भएपछि विपक्षी दलले भने ‘संसद्को उपेक्षा’ भएको भन्दै आपत्ति जनाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।