नेपालमा नयाँ एमजीएस ६ विद्युतीय गाडी सार्वजनिक, प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमजी मोटर नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि. ले नेपाली बजारमा नयाँ एमजीएस ६ ईभी ट्रफी लङ रेञ्ज सार्वजनिक गरेको छ ।

आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र उच्च कार्यक्षमतासहित आएको यो विशिष्ट विद्युतीय एसयूभीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने कम्पनीको विश्वास छ । गाडी सार्वजनिक कार्यक्रममा मुहम्मद कुरेशी जहुर को विशेष उपस्थिति रहेको थियो ।

नयाँ एमजीएस ६ ईभीमा १८० किलोवाट क्षमताको मोटर तथा ७७ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार यसले एकपटकको पूर्ण चार्जमा ५३० किलोमिटरसम्म दूरी तय गर्न सक्छ ।

नेपालको सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस एसयूभीमा १९५ मिलिमिटर जमिनदेखि उचाइ राखिएको छ । साथै, पछाडिको स्वतन्त्र सस्पेन्सन प्रणाली र पछाडिका पाङ्ग्राबाट सञ्चालन हुने प्रविधिले गाडीलाई अझ स्थिर, सहज तथा आरामदायी बनाउने कम्पनीको दाबी छ ।

गाडीमा बौद्धिक सम्पर्क सुविधा, आधुनिक चालक सहायक प्रविधि तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने विभिन्न विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल सञ्चालन गरिरहेको ११ वर्षसम्मको विस्तारित वारेन्टी सुविधा यो मोडलमा पनि लागू हुने जनाएको छ । साथै, मोटरमा ५ वर्षको मानक वारेन्टी उपलब्ध हुनेछ ।

एमजीएस ६ ईभी ट्रफी लङ रेञ्ज नेपाली बजारमा विशेष प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका एमजीका बिक्री केन्द्रमार्फत गाडीको प्रत्यक्ष अनुभव लिन तथा थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।