रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा २७ करोड नजिक, अन्य सूचक कस्ता छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमासमा २६ करोड ६९ लाख ९२ हजार रूपैयाँ खुद नाफा गरेको वित्तीय विबरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी २० रुपैयाँ ४२ पैसा कायम भएको छ ।

केही समय अघि मात्र बुक बिल्डिङ प्रणालीबाट साधारण सेयर निष्काशन गरेको ९ महिनाको अवधिमा ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको धागो बिक्री गरेको छ । ५३ करोड ४९ लाख ८८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको कम्पनीले कुल व्यापारको ७.२ प्रतिशत नाफा मार्जिन कायम गरी करपछिको खुद नाफा ३.६ प्रतिशत कायम गरेको हो ।

ब्याज र अन्य वित्तीय शीर्षकमा २२ करोड १० लाख रुपैयाँ खर्चिएको कक्पनीले ४ करोड ७० लाख ९५ हजार रूपैयाँ आयकर तिरेको छ ।

प्रतिसेयर नेटवर्थ ४९७ रुपैयाँ ३७ पैसा रहेको कम्पनीको कुल सम्पत्ति १४ अर्ब ८६ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ । यो चुक्ता पुँजीको झण्डै ४ गूणा बढी हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ ।

१ अर्ब ९५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको कम्पनीको ६० करोड २७ लाख अल्पकालीन ऋण गरी कुल २ अर्ब ५५ करोड रूपैयाँ ऋण रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।