कठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँका दरले वैशाख २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
यो शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने आवेदन फाराम एनआईसी एशिया क्यापिटल वा बैंकका विभिन्न शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

Comment