प्रमाणबिना कुनै व्यक्तिमाथि कठोर कदम चाल्ने कार्य उचित छैन : नाइमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउले प्रणालीप्रतिशते विश्वास कमजोर बनको बताएको छ । नाइमाको बोर्ड सदस्यसमेत रहेका गोल्छा पक्राउ परेसँगै एसोसिएसनले यस्तो प्रतिक्रिया दिएको हो ।

यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्ने नाइमाले जनाएको छ । प्रक्रियागत स्पष्टता, सन्तुलन तथा उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पु¥याउने नाइमाको भनाइ छ ।

उ‘द्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्य सर्वविदित छ,’ नाइमाले भनेको छ, ‘यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुन्छ ।’

नाइमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था हो। कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग रहेको बताएको छ ।

तथापि पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाइमाले अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।