आज मिति २०८२ वैशाख ४ शुक्रवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८३ वैशाख ४ गते (१७ अप्रिल २०२६) शुक्रवार, वैशाख कृष्णपक्ष औंसी तिथि। रेवती नक्षत्र, १२ः१५ बजेपछि अश्विनी। चन्द्रराशि मीन १२ः१५ बजेपछि मेष।

मेष:
आज रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

वृषः

महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस्, सफलता मिल्नेछ । व्यर्थको वादविवादमा मुछिने योग छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुनः

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।

कर्कटः

आर्थिक पक्ष सदृढ हुंंदै जानेछ र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ ।

सिंहः

अरुका लागि बुद्धि र समय खर्चनुपर्नेछ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ । पुरानो समस्या दोहोरिनाले सञ्चित रकम खर्च हुन सक्नेछ । खानपान तथा भोज भतेरमा पनि ज्यादा समय खर्च हुने देखिन्छ ।

कन्याः

आफन्तहरूको सल्लाहले कार्यक्षेत्रमा राम्रो निर्णय दिन सक्नुहुनेछ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । बन्न लागेको काम रोकिएला । मिहिनेत गर्दा केही उपलब्धि भने प्राप्त हुनेछ ।

तुलाः

प्रर्तिस्पर्धीहरु पछि पर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । विशेषगरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । भाग्योदय तथा पदोन्नतिको पनि योग छ ।

बृश्चिकः

विद्या बुद्धिको विकास हुनेछ । रोकिएका कामहरु बन्दै जानेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्ने छ ।

धनुः

कार्य सम्पादनमा कठिनाई हुनेछ । कुनै पनि कुरामा नहतारिएकै उचित हुनेछ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बेलामौका विचारी आफ्नो प्रस्तुति दिनु राम्रो पक्ष हुनेछ ।

मकरः

आफ्नो कार्यप्रती मन एकाग्र भएर लाग्नु राम्रो पक्ष हुनेछ । कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ । मध्यान्नबाट बन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना छ ।

कुम्भः

ईष्र्या गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीनः

खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । आफूलाई मन पर्ने सरसामानप्रति बढी जोड दिइनेछ । कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । धोका हुन सक्छ, सजग रहनुपर्ला ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।