बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र तीव्र विकासका लागि कांग्रेसलाई बहुमत दिन आग्रह गरेका छन । रुपन्देहीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस बदलिएको दाबी गर्दै अब देशको नेतृत्व गर्ने समय आएको बताए ।
उनले कांग्रेस ‘टिम नेपाल’को अवधारणासहित ६ हजार ७ सय ४३ वडा र ७ सय ५३ पालिकामा समन्वय गर्दै अघि बढ्ने योजना रहेको उल्लेख गरे। गठबन्धनको राजनीतिले देशको राजनीति दूषित बनाएको आरोप लगाउँदै त्यसलाई शुद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले आगामी निर्वाचनपछि कांग्रेसले बहुमत ल्याएर नयाँ सरकार गठन गर्ने र वैशाख १ गते देशवासीका नाममा प्रतिबद्धता सार्वजनिक गर्ने बताए ।
कार्यक्रममा उपसभापति पुष्पा भुसाल तथा उम्मेदवारहरूले पनि विकासका लागि कांग्रेसलाई विजयी बनाउन आग्रह गरेका थिए ।

Comment