काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.४८ अंकले घट्दै २६०९.६९ विन्दुमा झरेको छ। यसअघि लगातार चार दिनसम्म नेप्से सूचक घट्ने क्रम आइतबार पनि दोहोरिएको छ।
आइतबार कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको एक्सचेञ्जले जनाएको छ। दिनभरको कारोबारमा ४६ कम्पनीका सेयर मूल्यमा वृद्धि भए पनि २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
उता, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटक र झापा इनर्जीका सेयरमा भने सकारात्मक सर्किट लाग्दै ती कम्पनीहरूको मूल्य उच्च स्तरमा पुगेको छ।
लगातार भइरहेको नेप्से सूचकको गिरावटले लगानीकर्तामा केही निराशा देखिए पनि सकारात्मक सर्किट लागेका कम्पनीहरूले बजारमा आंशिक उत्साह थपेका छन्।

Comment