अनिवार्य श्रमदानको नीतिले मात्रै गरिबी अन्त्य हुन्छ : साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै गरिबीको अन्त्य गर्न सकिने बताएका छन्।

प्रकृति, संस्कृति, प्रविधिको अन्तर्सम्बन्ध नै जीवन भएको जिकिर गर्दै उनले यस्तो बताएका हुन‍्। प्रकृति, संस्कृति, प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा गर्ने भन्दै उनले उन्नति गर्न र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नु पर्ने भनाइ राखे।

‘प्रकृति + संस्कृति + प्रविधिको अन्तर्सम्बन्ध नै जीवन हो ! प्रकृति + संस्कृति + प्रविधि को सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नु पर्दछ ! अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ! यही देशको ढुङ्गा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभुता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र हो हर्कवाद !’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।