काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको बबर महलस्थित बबर महल भिलासबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा बबर महल भिलासमा उपलब्ध फूड, बेभरेज तथा स्पा सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउने छन्।
बैंकले उक्त सम्झौतामार्फत ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल भुक्तानीतर्फ आकर्षित गराउने लक्ष्य लिएको छ। यस किसिमको साझेदारीले ग्राहकलाई मूल्य–संवेदनशील सेवामा प्रत्यक्ष लाभ मिल्ने विश्वास लिइएको छ।
साथै, बैंकले छुट सुविधा सम्बन्धी थप जानकारीका लागि आफ्ना ग्राहकलाई ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सिद्धार्थ बैंकले यस्ता सुविधामार्फत डिजिटल कारोबार प्रवर्द्धन गर्दै ग्राहक–केन्द्रित सेवा विस्तार गरिरहेको छ।
Comment