नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित सपथ ग्रहण समारोहमार्फत बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धता अझ सुदृढ पार्न आग्रह गरेको हो।

कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकले हालसम्म हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै, दिगो प्रगतिका लागि व्यक्तिगत जिम्मेवारी र समर्पण आवश्यक रहेको बताए। उनले सबै कर्मचारीलाई अझ सक्रिय भएर योगदान गर्न प्रेरणा दिए।

नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्दले बैंकको सफलतामा कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि त्यस्तै समर्पण जारी राख्न अनुरोध गरे। प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाले कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे।

वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौंको कमलादीस्थित मुख्य कार्यालय र देशभरका प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। साथै रुपन्देही, भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ। हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङसहित बैंकसँग १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखाहीन बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

बैंकले दीर्घकालीन विकासका साथै सामाजिक उत्तरदायित्वमा सक्रिय योगदान दिँदै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।