बिदुर । बिदुर नगरपालिका–१ स्थित त्रिशूली बसपार्क नजिकै त्रिशूली नदीको बीच भागमा फसेका एक महिला र एक पुरुषलाई करिब तीन घण्टा लामो प्रयासपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
आज बिहान करिब ५ बजे दाउरा खोज्न गएका ती दुवै जना एक्कासि आएको बाढीका कारण नदीको बीच भागमा फसेका थिए। बाढीको बहाव तीव्र हुनु र पानीको सतह लगातार बढ्दै जानुका कारण सामान्य उपायबाट उद्धार सम्भव नभएपछि हेलिकप्टरमार्फत विशेष उद्धार अभियान सञ्चालन गरिएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो। यद्यपि जिल्लास्थित मैथलीस्थित नेपाली सेनाको तालिम केन्द्रबाट हेलिकप्टर अवतरण भए पनि आवश्यक तयारीमा केही ढिलाइ हुँदा उद्धार कार्य सुस्त गतिमा अघि बढेको थियो।
लगातार करिब तीन घण्टा सम्म चलाइएको प्रयासपछि हेलिकप्टरमार्फत दुवै जनालाई सकुशल उद्दार गरिएको हो।
यो पनि….
त्रिशूली नदीको बीच भागमा महिला र पुरुष फसे, उद्दार कार्य जारी
त्रिशूली नदीको बीच भागमा फसेका महिला र पुरुषलाई हेलिकप्टरबाट उद्धार कार्य जारी
त्रिशूली नदीमा फसेका महिला र पुरुषको उद्धार कार्यमा कठिनाई, हेलिकप्टर परिचालनपछि समेत तयारी कमजोर
त्रिशूली नदीको बीचमा फसेका महिला र पुरुषको हेलिकप्टरमार्फत करिब ३ घण्टा पछि सकुशल उद्धार
Comment