बागमती प्रदेशको बजेट बहुमतले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक २०८२ सभाबाट स्वीकृत भएको हो।

बजेटमा छुटेका एक हजार सात सय ७१ योजना समावेश गरिएको छ भने जनतामुखी योजना तर्जुमा र अनुगमनका लागि निर्वाचन क्षेत्रस्तरीय समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ।

साथै, प्रदेशको संरचनागत सुधार र सुशासन कायम गर्न नेकपा एमालेका सांसदहरूले पेश गरेको संकल्प प्रस्ताव पनि सर्वसम्मतिले पारित गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।