गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न ६ स्थानमा बर र पिपलका बिरुवाहरूको वृक्षारोपण सम्पन्न गरेको छ। धार्मिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण मानिने यी वृक्षहरूको रोपाइँ आइतबार, असार २२ गते विभिन्न जिल्लाका विशिष्ट स्थलहरूमा गरिएको हो।

विकास बैंकले कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट, छायाँक्षेत्र शिव मन्दिर परिसर तथा दाङ जिल्लाको मोतिपुर पुल क्षेत्रलाई वृक्षारोपण स्थलका रूपमा छनोट गरेको थियो।

वृक्षारोपण कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, बैंकका कर्मचारी, शेयरधनी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वातावरणीय संरक्षण र धार्मिक सम्पदाको जगेर्नाका लागि यस्तो खालको कार्यक्रमलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

गरिमा विकास बैंकका अनुसार, यस किसिमको वृक्षारोपणले हरित विकास, वातावरणीय सन्तुलन र दिगो सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, वृक्षारोपण गरिएको क्षेत्रलाई भविष्यमा “बर–पिपल चौतारी”को रूपमा विकास गरी संरक्षण गरिने लक्ष्य लिएको बैंकले जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमार्फत भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न, सामुदायिक सहभागिता प्रवर्द्धन गर्न र धार्मिक–सांस्कृतिक मूल्यमान्यताको संरक्षणमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।