ट्रम्पसँगको विवाद: एलन मस्कको सम्पत्ति एकैदिन साढे ४६ अर्ब डलर घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादका कारण अर्बपति उद्यमी एलन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ । ट्रम्पसँगको ‘वाकयुद्ध’का कारण मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा एकै रात भारी गिरावट आउँदा उनको सम्पत्ति ३३.९ अर्ब अमेरिकी डलर (४६ खर्ब ५७ अर्ब रुपैयाँ बढी) ले घटेको हो ।

ब्लुमबर्गका अनुसार बिहीबारअघि मस्कको सम्पत्ति ३६८.९ अर्ब डलर थियो । एकै रात उनको सम्पत्ति ३३.९ अर्ब डलरले घटेपछि अहिले ३३५ अर्ब डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि मक्सले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको हो ।

ट्रम्पले ल्याएको बजेटमा मक्सको कम्पनीले पाउदै आएको अनुदानलाई कटौती गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल वेबसाइटमा धम्की लेखेका छन्, ‘यदि बजेटमा बचत गर्ने हो भने, यो गर्ने सबैभन्दा सजिलो तरिका भनेको एलोन मस्कले पाउने अर्बौं डलरको अनुदान र सम्झौताहरू समाप्त गर्नु हो।’

ट्रम्पलाई राष्ट्रपति बनाउन ठूलो रकम र ट्वीटर(एक्स)लाई पूर्णरुपमा ट्रम्प निर्वाचन क्याम्पेनमा परिणत गरेका मक्स पछिल्लो साता ट्रम्पको टिमबाट बाहिरिएका थिए। पछिल्लो समय दुई अर्बपतिबीच अहिले सामाजिक सञ्जालमा युद्द देखिएको छ । ट्रम्पले संघीय सरकारसँग एलोन मस्कको कम्पनीले पाउने अनुदानलाई हटाउने घोषणा गरेका छन् । अमेरिकी सरकारसँग भएको सम्झौता मक्सको कम्पनीका लागि सबैभन्दा ठूलो वित्तीय स्रोत हो ।

ट्रम्पले सरकारी संयन्त्रलाई मस्कको विरुद्धमा लगाएर काम गरेमा मक्सको कम्पनीलाई यो निकै महंगो हुनसक्छ । ट्रम्पको आक्रमण पछि, मस्कले ट्रम्प विरुद्ध महाभियोगको माग गरेका छन् । मक्सले अर्को वर्षको चुनाव र प्राइमरीहरूमा रिपब्लिकन पार्टीका विद्रोही उम्मेदवारहरूलाई चन्दा दिन सक्ने देखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।