देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले मलाई बर्खास्त गर्‍यो : कुलमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देश र जनताको सेवामा रातदिन निष्ठाका साथ खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले यस्तो गुनासो गरेका हुन्। राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ आफू सदैव उभिने बताउँदै भने, ‘मेरो इज्जतमाथि नै आघात पुग्ने गरी प्रहार भए।’

यस्तै उनले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काट्नु नै आफूलाई हटाइनुको प्रमुख कारण बनेको उल्लेख गरेका छन्। उनले भने, ‘बक्यौता उठाउने मेरो प्रयास नै मलाई हटाइनुको प्रमुख कारण बनेको छ।’ यसतै उनले ‘बक्यौता उठाउनु अपराध हो?’ भन्दै प्रश्न समेत गरे।

यस्तै, घिसिङले आफूमाथि कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति खनिएको हो भनेर नेपाली जनताले देखेको जिकिर गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।