राजदुत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छिन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको जिकिर गरिन्।

राजदूत सिफारिस गर्दा आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने मन्त्री राणाको प्रतिबद्धता छ। ‘मलाई पनि लागेको छ कि जति समावेशी हुनुपर्दथ्यो, समानुपातिक हुनुपर्दथ्यो त्यो हुन सकेको छैन,’ उनको भनाइ छ, ‘दलित र मुस्लिम राजदूतका लागि खोजेको हो। यसलाई आगामी दिनमा कसरी परिमार्जन गरेर जाने र महिलाको सवालमा पनि कुनै पनि ठाउँमा निर्णायक पदमा महिला राख्न यत्ति हुनैपर्छ भनेर नराखिकन हाम्रो देशमा हुँदैन। अहिले मन्त्री पनि दुई महिलाहरू बल्लबल्ल भएका छौँ। तर यति प्रतिशत नै हुनुपर्छ नभनिकन हामी आउन गाह्रो छ।’ 

मन्त्री राणाले देशमा असमानता र असमावेशिता कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिबद्ध रहेकोसमेत दाबी गरिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।