कांग्रेसबाट चित्रलेखा यादवकाे नाम अस्ट्रेलियाको राजदूतमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अस्ट्रेलिया लागि नेपाली राजदूतमा चित्रलेखा यावदको नाम सिफारिस भाएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसले सोमबार अस्ट्रेलियाका राजदूतमा केन्द्रिय सदस्य यादवको नाम सिफरिस गरेको हो।

यसअघि कांग्रेसले नै अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो। तर, इजराजयबाट फिर्ता हुँदा सहयोगी नफर्काएको उजुरी परेपछि उनको नाम राजदूतबाट फिर्ता लिइएको थियो।

सोही स्थानमा कांग्रेसले यादवको नाम सिफारिस गरेको हो। कांग्रेसको सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद बैठकले उनको नाम सिफारिस गर्नेछ।

यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख हुन्। उनी शिक्षा मन्त्री समेत बनेकी थिइन्। गत निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।