सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्समा ५०० रुपैयाँ छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँको छुट पाउने छन् ।

छुटका लागि ग्राहकहरूले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उल्लेख छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन्  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।