उपभोक्ता ठग्ने ११ उद्योग, फर्महरू कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनबाट ११ उद्योग, फर्महरूलाई कारबाही गरेको छ ।

ती उद्योग तथा फर्महरूले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारबाही गरिएको विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।

विभागले न्यु कार वर्ल्डलाई ५ हजार रुपैयाँ जरिवाना ताकेको छ भने मनकामना स्टोरलाई कागजसहित उपस्थित हुन आग्रह गरेको छ ।

अन्य कम्पनीहरु शिवांश ट्रेड लिंक, आर.एस.ट्रेड कन्सर्न, मुनायन देवी इन्टरप्राइजेज प्रा.लि., श्री जी इन्टरप्राइजेज, राना कलेक्सन, न्यु चिनार आर्टस एण्ड क्राफ्ट्स, तेन्जिङ रुग हाउस, सिंह कार्पेट उद्योग, ल्हामु कार्पेटस शप लगायतलाई सामान्य निर्देशन दिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।