काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बुधबार इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

Comment