लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हाे।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए।

‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,’ उनले भने।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

यता, केन्द्रको निर्णय प्रति संसदीय दलका नेता गिरीले असन्तुष्टी पोखेका छन्। उनले एमाले संसदीय मूल्यमान्यता विपरित गएको प्रतिक्रिया दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।