किसानका माग राख्दै आमरण अनशन बसेका युवाको स्वास्थ्य स्थिति बिग्रँदो, सरकार मौन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले कृषि अनुदानका नाममा कार्यकर्ता र नातेदारलाई भरणपोषण गरेको भन्दै नुवाकोटको ककनीका एक युवा आमरण अनशन बसेका छन् ।

सरकारले दिने कृषि अनुदानमा वास्तविक किसानको पहुँचको माग गर्दै नुवाकोट ककनीका ३० वर्षीय श्रीराम घिमिरे पाँच  दिनदेखि  काठमाडौंको शान्तिबाटिकामा आमरण अनशन बसेका हुन् ।

घिमिरेले १० प्रतिशत बजेट कृषि क्षेत्रलाई छुट्याउन सरकारसँग माग गरेका छन् । यस्तै कृषिमा लगानी गर्न चाहनेका लागि १ प्रतिशत ब्याजमा ५० लाखसम्म ऋणको व्यवस्था, कृषि कार्ड, कृषकलाई यातायातमा ५० प्रतिशत छुटलगायतको माग राखेका छन् ।

‘स्वास्थ्य परीक्षण गराउँदा निजको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।