सिड्नीको सपिङ मलमा अन्धाधुन्ध चक्कु हानेर ५ जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ। शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। 

रोयटर्स अनुसार छुरा प्रहार गर्ने व्यक्ति अपराह्न ३:१० बजे सपिङ मलमा प्रवेश गरेका थिए। सपिङ मलमा प्रवेश गरेको १० मिनेटमै अर्थात ३:२० बजे मलबाट बाहिरिएका थिए।  छुरा प्रहारको घटनापछि प्रहरीले अभियुक्तलाई गोली हानी मारेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।