सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १ हजार बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको थियो । 

तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार ३५० सय रुपैयाँ रहेको छ ।  यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। 

मंगलबार भने ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। हिजो बुधबार १ लाख ३३ हजार पुगेको थियो। चाँदीको पनि मूल्य बढ्दै गएको छ। हिजो बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी आज १ हजार ६५० रुपैयाँ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।