नेशनल लघुवित्तले एफपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले संस्थापक र सर्वसाधरणको हिस्सा मिलाउन एफीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्न लागको हो ।

उक्त प्रस्ताव पारित गर्न लघुवित्तले चैत १६ गते दशौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे सुरु हुनेछ।

तस्तै, लघुवित्तमा सभामा गत वर्षको मुनाफाबाट प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद वितरण गर्ने विशेष प्रस्ताव एजेन्डाको रुपमा लैजाने भएको छ ।

त्यसैगरी, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि एजेन्डाको रुपमा लैजाने भएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। सो अनुसार फागुन २९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।