‘आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी जारी सूचनामा हाम्रो संलग्नता छैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ।  

शनिबार जारी गरिएको सूचनामा  यसमा कोषको कुनै संलग्नता नरहेको उल्लेख छ। त्यसरी जारी भएको सूचनाप्रति कोषको गम्भीर ध्यानाकर्षण समेत भएको भनिएको छ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले त्यसरी निकालिएको सूचनामा कोषको नाम र लोगो प्रयोग भएकोमा पनि अहसमति जनाएको छ। 

यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राखेर व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न नपाइने भनेको थियो।

‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ,’ सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।