बसको ठक्करबाट बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका-१७ दूधरासमा ८ वर्षीय  उत्तम चौधरीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिए । घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।