सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तथा तारेख व्यवस्थापन प्रणाली सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तथा तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आइतबार उक्त प्रणालीको आरम्भ गरे। 

प्रधानन्यायाधीश श्रेष्ठले आइतबार बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तता तारेख व्यवस्थापन प्रणालीको आरम्भ गरेका हुन्। 

यसअघि गोला प्रथाबाट पेसी तोकिन्थ्यो। तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो।

स्वचालित पेसी व्यवस्थापन भएपछि के हुन्छ ?

कर्मचारीहरूले आफ्नो इच्छाअनुसार तारिख तोक्ने हालको पद्दति हट्ने सर्वोच्च अदालतले जनाएको छ।

उक्त प्रणाली लागु गरिएपछि स्वचालित रुपमा तारिख दिइन्छ। मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ। यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने गुनासो थियो। अब त्यो हट्ने विश्वास छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।