पेट्रोलियम पदार्थको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूख्य घटाएको छ। 

आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ९ पैसाले मूल्य घटाइएको हो। 

एलपी ग्यासको मूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ। 

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा,  सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपालय डिपो आसपासका लागि १७० रुपैयाँ पर्ने छ।

डिजेल र मट्टितेल भने १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ तोकिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।