एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भूकम्प पीडितका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

गत कात्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सहयोग रकमको चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णले मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।