रिगलको रिटमाथिको सुनुवाइ पूर्ण इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुने भएको छ। 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल र डाक्टर कुमार चुडालको इजलासमा सुनवाइ तोकिएको छ। 

यसअघि सोही रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका थिए।

असोज २५ गते  प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासले रिगलविरुद्धको रिट आफूरहितको पूर्ण इजलासमा पठाउन आदेश दिएपछि सर्वोच्चले नयाँ इजलास गठन गरेको हो।

संविधान दिवसको अवसरमा सकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन अधिकारीका हत्यारा रिगललाई आममाफी दिएका थिए। 

राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।