पोखरा नगरबस दुर्घटनामा ११ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । कास्कीको पोखरा महानगरपालिकामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताए।

घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बस घुम्तीमा अचानक ब्याक हुँदा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।