आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशका बिभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैँ मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।  

एकैपटक सबै काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्ष देखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत शुक्रबार भएको सर्वपक्षीय छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ।

टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरुको भिड लागेको छ।  यस्तै कलंकी, बल्खु, कोटेश्वरलगायत काठमाडौंका विभिन्न स्थानमा खोलिएका काउन्टरहरु पनि टिकट लिनेहरुको घुइँचो लागेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।