वेत्रावती पुलबाट १ किलो सुनसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुन बरामद गरेको छ ।

शनिबार साँझ  सुन मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा  वेत्रावती पुलबाट रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङलाई पक्राउ गरेको हो ।

१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका  प्रहरीले जनाएको छ ।  यसअघि गत महिना रसुवाबाट २ किलो बरामद भएको थियो । केही दिनअघि दोलखाबाट पनि ७ किलो सुन बरामद भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।