इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ।

तोशाखाना मामिलामा ट्रायल कोर्टले खानलाई ३ वर्षको सजाय सुनाएको थियो। उच्च अदालतले भने आज इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। हाल इमरानलाई एट्टक जेलमा राखिएको छ।अदालतले खानलाई सुनाइएको जेल सजाय पनि निलम्बनमा राख्न फैसलामा भनेको छ।

अगस्ट ५ मा इस्लामावादको ट्रायल कोर्टले पाकिस्तान तेहरिक इन्साफ पार्टीका नेतासमेत रहेका खानलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो। राज्यलाई प्रदान गरिएको उपहारको दुरुपयोग गरेकोमा खानलाई दोषी ठहर गर्दै ३ वर्षको सजाय सुनाइएको थियो।

सो फैसलाका कारण खान ५ वर्षसम्म कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य भएका थिए। पाकिस्तानमा आउने केही महिनामा नै संसदीय निर्वाचन हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।