प्रभु बैंकको १ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । प्रभु बैंकको आज भदौ ३ गतेबाट केही सेयर बिक्रीमा राखेकाे छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे। उक्त बिक्रीमा राखिएकाे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुसँग सर्वसाधारण,  अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय ताेकेर बिक्रीमा राखेकाे थियाे । तर साे समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरेको बैंकले जनाएकाे छ ।

साे सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले १५ दिनभित्र बैंककाे बबरमहलस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।