एमालेलाई विश्वप्रकाशको प्रस्ताव : ‘मदन भण्डारी दुर्घटनाको छानबिन गर्न आवाज किन उठ्दैन, फाइल पल्टाउँ न त’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सुन प्रकरण मात्रै नभएर फाइल पल्टाएर धेरै विषय हेर्न बाँकी रहेको उनले बताए । शर्माले एमालेलाई मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न आवाज उठाउन सुझाए ।

उनले एमालेतर्फ संकेत गर्दै भने, ‘आज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो। म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त।’

उनले कञ्चनपुरकी निर्मला बलात्कार कान्डका लागि त्यस्तो आयोग बनाउन पनि माग गरे। तर, यो विषयमा राज्यका निकायहरुले काम गरिरहेको बताउँदै अविश्वास गर्न नहुने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।