काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । काठमाडौंमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । 

भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अविरल वर्षातका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको छ।

हाल वाग्मतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका वाग्मती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।  

पछिल्लो ३ देखि ६ घन्टामा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको महाशाखाले बताएको छ। 

थप वर्षात् हुने देखिएकाले कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आउने उसको अनुमान छ । त्यस आसपास ठाउँका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन भनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।